९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

सेयर बजारमा सुधार

 सोमवार, कार्तिक १४ २०७९  

काठमाडौं । तिहार र छठ पछि खुलेको सेयर बजारमा पहिलो दिन नै दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर बजार परिसूचक नेप्से १६.३९ अंकले बढ्दै १८७४.८७ अंकमा उक्लिएर सुधार देखिएको हो ।

यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.९३ अंकले बढ्दै ३७०.८६ अंकमा उक्लिएको छ । आज डेभलपमेन्ट बैंक समूहको उपसूचक बाहेक अन्य १२ वटा उपसूचक धनात्मक भएका छन् ।

आज होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा बढी १.६५ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक १.५२ प्रतिशतले, ट्रेडिङ समूह १.१४ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक १।५९ प्रतिशतले बढेको छ ।

नेप्से सूचक १६ अंकमाथिले बढेको बजारमा आज कुल ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया सबै