३० असार २०८१, शनिबार Saturday 13 July, 2024

मेरो पनि सम्पत्ति छानविन हुन्छ : प्रचण्ड

 सोमवार, कार्तिक १४ २०७९  

काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पनि सम्पत्ति छानबिन हुने बताएका छन् ।

सोमबार पार्टी मुख्यालय, पेरिसडाँडामा आसन्न निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै प्रचण्डले भने- ‘हामीले सर्वोच्च पदमा बसेकाको भनेका छौँ । मेरो पनि सम्पत्ति छानबिन हुन्छ । मसहित बहुदलयता को—को सर्वोच्च पदमा बसेका छन्, उनीहरू सबैको हुन्छ भनेका हौँ ।’

माओवादी केन्द्रले घोषणापत्रमा बहुदलपछि सर्वोच्च पदमा बसेका नेताहरूका सम्पत्ति छानबिन गर्ने उल्लेख गरेको छ ।

यो पनि

माओवादीको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली (पूर्णपाठ)

प्रतिक्रिया सबै