९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

पूर्व स्वीकृतिविना टर्कीमा नेपाली कामदार पठाउन खोज्ने मेनपावर कम्पनीमा छापा

 मङ्लबार, कार्तिक १५ २०७९  

काठमाडौं । वैदेशिक रोजगार विभागले मागपत्र र पूर्व स्वीकृति विना नै नेपाली कामदारलाई टर्की पठाउन खोजिरहेको मास्टर जब प्रालिमा विभागले छापा मारेको छ ।

विभागका निर्देशक कुष्णप्रसाद भुसालका अनुसार छापा मारेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको हो । टर्कीका विभिन्न कम्पनीमा हेभि ड्राइभर काममा पठाउन भनी कामदार छनौटको अन्तर्वार्तारट्रायल भइरहेको भन्ने सूचना विभागसम्म पुगेको थियो ।

सूचना प्राप्त हुनासाथ सोमबार विभागको टोली अन्तर्वार्तारट्रायल लिइरहेको अवस्थामा पुगेको थियो । छापा मार्ने क्रममा ३० जनासँग अन्तर्वार्ता लिइरहेको थियो ।

उक्त कम्पनीले कामदार मागपत्र प्रमाणीकरण नगरिकनै टर्की पठाउने भनेर युवाहरूसँग अन्तर्वार्ता लिइरहेको पाइएको निर्देशक भुसालको भनाई छ । विभागको टोलीले सो सम्बन्धी कागजातहरू बरामद गरी आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया सबै