१० असार २०८१, आईतवार Sunday 23 June, 2024

एमाले घोषणापत्रः पाँच वर्षका लागि २० ग्यारेन्टी (पूर्णपाठ)

 मङ्लबार, कार्तिक १५ २०७९  

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार याक एन्ड यति होटलमा पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत गरिएको थियो । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ ।

यस्ता छन् एमालेको २० ग्यारेन्टी

१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने

२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने

३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने

४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने

५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने

६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने

७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने

८. ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने

९. सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क

१०. वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क

११. ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने

१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने

१३. ‘व्यवस्थित सहर स् स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने

१४. सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने

१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने

१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने

१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने

१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने

१९. ‘सभ्य समाज : मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने

२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने

पूर्णपाठ

प्रतिक्रिया सबै