६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

सेयरबजार आज पनि हरियाली

 बुधबार, कार्तिक १६ २०७९  

काठमाडौं । सेयरबजार आज पनि हरियाली छाएको छ । अघिल्लो दिन ५६ अंकले बढेको बजार बुधबार ७.३२ अंकले हरियो भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसअनुसार २२७ कम्पनीको १ अर्ब ४६ करोडको कारोबार भएको छ । आज ४३ लाख ४६ हजार कित्ता सेयर बिक्री भएको हो । ११ बजे खुलेको बजार १२ बजेसम्म उतारचढाव देखिए पनि त्यसपछि बढेको थियो ।

आज १३ मध्ये वाणिज्य बैंक, व्यापार र निर्जीवन बीमाका सूचक राताम्य छन् भने बाँकी उपसूचक हरियो छन् । आज ५ वटा कम्पनीको सेयर उही मूल्यमा, ५६ वटाको घटेको र १२४ वटाको सेयर बढेर कारोबार भएको छ ।

आज लगानीकर्ताले ८.७४ प्रतिशतसम्म कमाउँदा गुमाउनेले ३.९६ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन् । आज शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ८५ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया सबै