१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

शाहरुखको साख ‘पठान’ले फर्काउला ?

 बुधबार, कार्तिक १६ २०७९  

काठमाडौं । बलिउडमा ‘किङ खान’को रुपमा चिनिने शाहरुक खान बिहीबारदेखि ५७औं वर्षमा लागेका छन् ।

यसपटक उनका लागि जन्मदिन विशेष बनेको छ । सन् २०१८ मा रिलिज भएको ‘जिरो’ नामक फिल्म फ्लप भयो । त्यसपछि लिड रोलका ठूलो पर्दामा देखिएनन् ।

सन् २०१५ मा रिलिज भएको ‘दिलवाले’ र सन् २०१७ मा रिलिज भएको ‘रइस’ले बक्सअफिस कलेक्सनमा १०० करोडको आँकडा पार गरे पनि शाहरुखका अन्य फिल्महरु फ्लप नै भए ।

अंग्रेजी नयाँ वर्ष (२०२३) मा रिलिज हुने फिल्म ‘पठान’को टिजर शाहरुखको जन्मदिनको अवसर पारेर बिहीबार सार्वजनिक गरिएको छ । फिल्महरु लगातारजसो फ्लप भएपछि पर्दाबाट ओझेल पर्दै गएका भनिएका शाहरुखका लागि ‘पठान’ राम्रो कमब्याक बन्नसक्ने धेरैको अपेक्षा छ ।

पठानमा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहमको पनि मुख्य भूमिका छ। पठानबाहेक शाहरुखका एटलीको फिल्म ‘जवान’ र राजकुमार हिरानीको सोसल ड्रामा ‘डंकी’ पनि रिलिज हुँदैछन् ।

प्रतिक्रिया सबै