३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

ऐतिहासिक सम्पदाहरुको डिजिटल प्रोफाइल तयार गर्छु : ऊर्जामन्त्री भुसाल

 बुधबार, कार्तिक १६ २०७९  

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ललितपुरका ऐतिहासिक सम्पदाहरुको डिजिटल प्रोफाइल तयार गर्ने बताएकी छन् ।

सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेकी मन्त्री भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बाहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार पार्ने बताएकी हुन् ।

बुधवार ललितपुर क्षेत्र नं. ३ को वाम-लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रमा बोल्दै उनले कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने बताईन् ।

रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गरिने उनको भनाई छ । मन्त्री भुसालले हस्तकला केन्द्रहरूको स्तरोन्नति गर्ने, पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गर्ने बताईन् । त्यस्तै स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनःनिर्माण, संरक्षण र उपयोग गरिने पनि उनले बताईन् ।

प्रतिक्रिया सबै