६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

प्रतिगामी शक्तिलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्छ : प्रचण्ड

 बिहिबार, कार्तिक १७ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्ने बताए ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आसन्न निर्वाचन प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताए ।

आसन्न निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गदैं प्रचण्डले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको उल्लेख गरे । आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने उनको भनाई छ ।

नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जान सक्ने वातावरण जनताले सत्ता गठबन्धनलाई मत दिएर मात्र सम्भव रहेको उनले बताए ।

आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरका रूपमा लिएको उनको भनाई छ । गोरखाको विकासका लागि सबै राजनीतिक दलहरू एकत्रित भएर काम गर्न आवश्यक रहेको उनले बताए । निर्वाचनमा अभूतपूर्व रूपमा परिणाम निकाल्ने गरी लाग्न उनले नेता–कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिक्रिया सबै