९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

विश्व प्रतीक्षित फिल्म ‘अवतार’को ट्रेलर : पाण्डोरा ग्रहमा सेना र आदिवासीबीच लडाइँ (भिडियो)

 बिहिबार, कार्तिक १७ २०७९  

काठमाडौं । विश्व प्रतीक्षित फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार : द वे अफ वाटर’को ट्रेलर रिलिज गरेको हो ।

ट्रेलरमा पानीमुनि विभिन्न निलो जीवहरू देखाइएको छ । जेम्स क्यामरुनले निर्देशन गरेको फिल्ममा सुली परिवारका जेक, नियतिरी र उनका बालबच्चाको संघर्ष देखाइएको छ ।

यो फिल्म मार्फत जेम्सले उनीहरुले एकअर्कालाई सुरक्षित राख्न र बाँच्नका लागि गरेको संघर्ष देखाउन खोजेका छन् ।

यो साइन्स फिक्सन फिल्म नेपालमा पुस १ गते रिलिज हुँदैछ । १३ वर्षपछि विश्वव्यापी प्रदर्शन हुन लागेको फिल्मलाई लिएर नेपाली दर्शकले समते व्यापक पर्खाइ गरेका छन् । ‘अवतार’को पहिलो श्रृंखलाले विश्वव्यापी सर्वाधिक ग्रस कमाउने रेकर्ड समेत राखेको छ ।

साम वर्थिङ्टन, जोय साल्दाना प्रमुख भूमिकामा रहेको फिल्मको ट्रेलरले उनीहरुको बालबच्चालाई समेत चित्रण गरेको छ । फिल्मको लम्बाइ ३ घण्टा १० मिनेट रहेको हलिउड रिपोर्टर म्यागजिनले उल्लेख गरेको छ ।

ट्रेलरले फिल्मको कथावस्तुमा महत्वपूर्ण खुलासा समेत गरेको छ । पृथ्वीबाट पाण्डोरा ग्रहमा पुगेको मानिसको सेना र आदिवासीबीच लडाइँ हुन्छ । यसपटक पाण्डोराको समुद्रमा भएको लडाइँलाई निर्देशक जेम्स क्यामरुनले प्रस्तुत गरेका छन् ।

२५ करोड अमेरिकी डलरमा निर्माण भएको यो फिल्म डिसेम्बर १६ तारिखबाट विश्वका १६० भाषामा प्रदर्शन हुनेछ ।

यस्तो छ ट्रेलर

प्रतिक्रिया सबै