३० असार २०८१, शनिबार Saturday 13 July, 2024

स्वतन्त्र नागरिक समूहद्वारा चुनाव बहिस्कार गर्ने घोषणा

 शनिबार, कार्तिक १९ २०७९  

काठमाडौं । स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने भएको छ ।

संविधानका केही विषयमा असहमति भएकाले निर्वाचनलाई शान्तिपूर्ण बहिस्कार गर्ने उक्त समूहले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

समूहका अध्यक्ष विश्वराज गैरेले धर्मनिरपेक्षता गलत बाटोबाट ल्याइएको, संघीयता विदेशीको इशारामा लादिएको भन्दै संविधान संशोधनका लागि दबाव दिन चुनाव बहिस्कार गर्न लागेको बताए ।

३६ जिल्लामा स्वतन्त्र नागरिक समूहको संगठन सञ्जाल रहेको समूहका महासचिव टोपबहादुर केसीको भनाई छ ।

प्रतिक्रिया सबै