१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो

 आइतवार, कार्तिक २० २०७९  

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको ९३ हजार १०० मा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको ९४ हजारमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य पनि बढेको छ ।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर तोलाको एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया सबै