१० असार २०८१, आईतवार Sunday 23 June, 2024

पाकिस्तान आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

 आइतवार, कार्तिक २० २०७९  

काठमाडौं । बंगलादेशलाई हराउँदै पाकिस्तान आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गरेको हो ।

मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए भने मोहम्मद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर अजामले २५ रन बनाए । सान मसुदले नटआउट रन बनाए ।

बंगलादेशका लागि नसुम अहमद,शाकिब अल हसन र इबादत हसनले १-१ विकेट लिएका छन् । त्यसअघि एडिलेडमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

उसका लागि ओपनर नाजमुल हुसेन शान्तोले अर्धसतकीय इनिङ्स खेले । ४८ बल खेलेका उनले ७ चौकासहित ५४ रनमा आउट भए ।

यस्तै, आफिफ हसनले २४ रन बनाउँदा सौम्य सरकारलेले २० रन जोडे । लिथन दासले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशलाई सस्तैमा रोक्न पाकिस्तानका शाहिन साह अफ्रिदीले करियरकै उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए ।

शादव खानले २ तथा हरिश रौफ र इफ्तिखार अहमदले समान १-१ विकेट लिए ।
पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको हाृ । समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ ।

नेदरल्याण्डको जितले एक खेल अगावै भारत समुह ‘२’ बाट सेमिफाइनल पुगेको छ। अन्तिम खेलमा भारतले आज जिम्बाब्वेलाई पराजित गरे समूह विजेताको रुपमा सेमिफाइनल पुग्नेछ ।

प्रतिक्रिया सबै