३ असार २०८१, आईतवार Sunday 16 June, 2024

‘ओलीले लाज पचाएर भाषण गर्दै हिँडेको देख्छु’

 आइतवार, कार्तिक २० २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लाज पचाएर भाषण गर्दै हिँडेको टिप्पणी गरेका छन् ।

आइतबार रामेछापका एमालेका नेता रामकृष्ण लामासहितका दर्जनौं नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा सच्चा राष्ट्रवादी भनेको माओवादी नै भएको भन्दै अब निर्वाचनको युद्धमा होमिन निर्देशन दिए ।

नवप्रवेशीहरुलाई गठबन्धनको पक्षमा जनमत सिर्जना पनि आग्रह गर्दै उनले एमालेभित्र ओली प्रवृत्ति परिवर्तनविरोधी रहेको बताए । आफूहरुले वाम गठबन्धन गरेर दुई तिहाई बहुमत ल्याएको र ओलीलाई प्रधानमन्त्री बनाएको स्मरण पनि गराए ।

अहिले केपी ओली के भनेर जनतामा भोट माग्न गएको भन्दै प्रश्न उनले भने भने- ‘जनतालाई उनले के ठान्छन् ? मैले उखान टुक्का भनें भने सबै जनताले भोट हाल्छन् भन्ने सोचेको होलान् । जनताले संसद् विघटनलाई स्विकार नगरेको हो । बालुवाटार छोडेर बालकोट जानुपर्ने परिस्थिति भयो । स्थानीय तहको निर्वाचनमा पनि दुइ तिहाई ल्याउँछु भनेर गफ हाने, १०० सिट झर्यो ।’

प्रतिक्रिया सबै