६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

नेप्सेमा २ अर्ब बढीको कारोबार

 सोमवार, कार्तिक २१ २०७९  

काठमाडौं । नेप्सेमा सोमबार एकल अंकको सामान्य गिरावट देखिएको छ । बजार परिसूचक नेप्से ६.४३ अंक (०.३३ प्रतिशत) को गिरावट भएर बन्द भएको हो ।

व्यापार, लगानी, जीवन बीमा, अन्य र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । गत साता लगातार तीन दिन बढेर बिहीबार भने घटेको नेप्से आइतबार २.२५ प्रतिशतले वृद्धि भएको थियो ।

सोमबार नेप्से ४९ लाख ४४ हजार ७६ कित्ता सेयर कारोबार हुँदा २ अर्ब १० करोड ९१ लाख ६३ हजारको कारोबार भएको छ । जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक १५ करोड १६ लाख १३ हजार रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको ११ करोड ३९ लाख ५० हजार र नेस्डो समृद्धि लघुवित्तको १० करोड ६२ लाख ४० हजारको कारोबार भएको छ ।

त्यस्तै, बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १२६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ५६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सोमबार धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.१३ प्रतिशतले वृद्धि हुँदा जाल्पा सामुदायीक लघुवित्तको सेयर मूल्य ६.९३ प्रतिशत र आरबीबी म्युचुअल फण्ड १ को इकाइ मूल्य ४.६४ प्रतिशतले वृद्धि भएको छ ।

ग्लोबल आईएमई बैंकको सेयर मूल्य सर्वाधिक ५.७० प्रतिशतले गिरावट हुँदा सपोर्ट लघुवित्तको सेयर मूल्य ५.६६ प्रतिशत र आशा लघुवित्तको सेयर मूल्य ४।४३ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया सबै