३ असार २०८१, आईतवार Sunday 16 June, 2024

देव गुरुङको आरोप : एमालेले बनाएको गठबन्धन भ्रटचारीहरूको हो

 सोमवार, कार्तिक २१ २०७९  

काठमाडौं । लमजुङमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका उमेदवार देवप्रसाद गुरुङले एमालेले भ्रटचारीहरू मिलाएर गठबन्धन बनाएको बताएका छन् ।

लोकतान्त्रिक-वाम गठबन्धन राईनासको आइतबार भएको संयुक्त कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले एमालेले मुलुकलाई गम्भीर संकटको दिशामा लान लागेकाले आफूहरूले पाँच दलीय गठबन्धन बनाउनुपरेको दाबी गरे ।

माओवादी केन्द्रका महासचिवसमेत रहेका नेता गुरुङले देश संकटमा परेकाले लोकतान्त्रिक-वाम गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह समेत गरेका छ्न ।

उनले एकातिर पाँच दलको लोकतान्त्रिक वाम गठबन्धन र अर्कोतर्फ एमालेले साना दलहरूलाई लिएर चुनावी मैदानमा आएको उल्लेख गरे । सर्वसाधारणले देश बचाउने र संकटको अवस्थाबाट मुक्त गराउन मत दिनुपर्ने अवस्था आएको उनको भनाई छ ।

एमालेले कन्स्परेसी अर्थात षडयन्त्रको सिद्धान्तलाई अंगालेकोले त्यसबाट मुक्त हुन गठबन्धनलाई मत दिनुपर्ने उनको भनाई छ । एमालेले राणाकाल, राजतन्त्र आदिमा सत्ता कब्जा गर्न अपनाइएको सिद्धान्त षडयन्त्रको सिद्धान्तलाई अंगिकार गरेकोले त्यस्ता सिद्धान्त अहिलेको लोकतन्त्रमा नसुहाउने उनले बताए ।

लोकतन्त्रात्मक व्यवस्थामा पनि षडयन्त्र र द्वैध चरित्रको सिद्धान्त लिएर एमाले चुनावी माहोलमा सर्वसाधारणमा भ्रम छर्न थालेको उनको भनाई छ । राजनीतिमा अलिकति पनि इमान्दारीता नभएको र भ्रष्टाचारी चरित्रलाई अंगालेको एमालेले विकास गर्न नसक्ने भन्दै उनले त्यस्तो भ्रष्ट गठबन्धनलाई पराजित गर्न अपिल समेत गरे ।

 

प्रतिक्रिया सबै