सगरमाथा क्षेत्रमा हिउँ चितुवा !
मङ्लबार, कार्तिक २२ २०७९
काठमाडौं । अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको आकर्षक फोटो खिचेकी छन् । अहिले उक्त फोटो समाजिक सञ्जालमा भाईरल भएको छ ।
पवलोस्कीले अक्टोबर ८ तारिखमा आफ्नो क्यामेरामा कैद गरेको हिउँ चितुवाको फोटो उनको वेब पेजमा प्रकाशन गरेकी छन् । त्यो पेजलाई शेयर गर्दै नेपालमा रहेको अमेरिकी दूतावासले हिउँ चितुवाको आकर्षक फोटोबारेमा जानकारी गराएको हो ।
पाँच हजार चार सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको फोटोग्राफर पवलोस्कीले आफ्नो वेबसाइटमा उल्लेख गरेकी छन् । उनले वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएकी छन् । फोटोग्राफर पवलोस्कीले गोरपशेकबाट बिहान ४ बजे हिँडेर आकर्षक फोटो कैद गर्न सकेको बताएकी छन् ।
प्रतिक्रिया
सबै