६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

कांग्रेसको प्रधानमन्त्री फेर्ने हो भने मलाई जिताउनुस् : गगन थापा

 मङ्लबार, कार्तिक २२ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा नेतृत्व परिवर्तनका लागि आफूलाई काठमाडौं ४ बाट जिताउनुपर्ने बताएका छन् ।

काठमाडौं ४ मा बसोबास गर्ने काभ्रेलीहरूको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले सबै मतदातासम्म पुग्ने समय आफूलाई नभएकाले कांग्रेसमा दलको नेतृत्व परिवर्तन गरेर १० वर्ष मुलुक चलाउन आफ्नो लागि मत मागिदिन आग्रह गरे ।

‘अब मंसिर ४ को चुनावपछि कुनै पनि पार्टीभित्र संसदीय दलको नेता चुनाव हुनेवाला छैन । भयो भने एउटा नेपाली कांग्रेसमा हुन्छ । कांग्रेसमा पनि क्षेत्र नम्बर ४ बाट तपाईँले दलको नेतामा चुनाव लड्ने मान्छे जिताएर पठाए मात्र चुनाव हुने हो’ सोही क्षेत्रका उम्मेदवार समेत रहेका थापाले भने— ‘यहाँ सबैलाई ठूलो परिवर्तन चाहिएको छ तर त्यो परिवर्तन गर्ने ठाउँ भनेको महाधिवेशन र संसदीय दल हो । जहाँ गएर लडाइ लड्ने हो,प्रतिस्पर्धा गर्ने हो त्यहाँ उम्मेदवार बन्ने मान्छे जितेर त जानुपर्‍यो नि ।’ आफू संसदीय दलको नेता बन्ने भनेको चुनाव लडेर १० वर्षमा आफ्नो भिजन लागू गर्नका लागि रहेको पनि उनले बताए ।

प्रतिक्रिया सबै