१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

दयाहाङ राईको दुर्लभ रेकर्ड !

 बिहिबार, कार्तिक २४ २०७९  

काठमाडौं । लोकप्रिय अभिनेता दयाहाङ राईले यो बर्ष नेपाली फिल्म क्षेत्रकै दुर्लभ रेकर्ड बनाए । एक बर्षमै लगातार ३ फिल्म हिट दिएर उनले ह्याट्रिक गरेका हुन् ।

दयाले अभिनय गरेका ‘कबड्डी ४, २ नम्बरी र के घर के डेरा’ यो बर्षको हिट फिल्म हो । यो बर्ष यी तिन फिल्ममाथि करिब साढे ६ करोड हारहारीमा लगानी भएको छ ।

यी तिन फिल्मको ग्रस कलेक्शन हेर्ने हो भने ३० करोड माथि छ । दयाको ‘कबड्डी ४’ले बक्स अफिसमा २२ करोडको ग्रस कलेक्शन गरेको आँकडा निर्माताले प्रस्तुत गरेका थिए ।

यो फिल्म अहिलेसम्मकै सर्वाधिक धेरै ग्रस कमाई गर्ने फिल्म समेत बनेको छ । निर्माताको आँकडालाई नै मान्ने हो भने फिल्म ‘२ नम्बरी’को ग्रस कलेक्शन पनि ५ करोड भन्दा माथि छ ।

यस्तै, अर्को हिट फिल्म ‘के घर के डेरा’को ग्रस कलेक्शन पनि यो बर्ष ५ करोड भन्दा माथि नै छ ।

दयाका फिल्मले यो बर्ष ३२ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको देखिन्छ । यो रेकर्ड सायद अहिलेसम्म नेपालका कुनै पनि नायकको नाममा छैन । त्यसकारण दयाले दुर्लभ रेकर्ड समेत राखेका छन् ।

यो पनि

बक्स अफिसमा दयाहाङको ह्याट्रिक

प्रतिक्रिया सबै