८ असार २०८१, शुक्रबार Friday 21 June, 2024

कुमारी बैंक र दराजबीच सम्झौता

 शुक्रबार, कार्तिक २५ २०७९  

काठमाडौं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि.बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११, २०२२ देखि लागू हुनेछ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख श्री अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०५ वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकमा खाता रहेका ग्राहकहरुले माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र हुनेछ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया सबै