१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

स्यालहरूले एमाले कब्जा गर्न खोजे : ओली

 शुक्रबार, कार्तिक २५ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्यालहरूको जमातले एमालेलाई नै कब्जा गर्न लागेको बताएका छन् । धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेपछि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी विभाजित हुन परेको खुलाएका हुन् ।

अध्यक्ष ओलीले आफ्नो अगुवाइमा वामपन्थी आन्दोलन एकीकृत गर्ने काम भएको पनि बताए । ‘एउटा नियम के छ भने एउटा स्याल एकठाउँमा करायो भने जहाँसुकै भएपनि अप्ठ्यारो अवस्थामा छ भने पनि कराउने बित्तिकै अर्कोले सुनेपछि नकराई हुँदैन । एउटा कराएपछि अर्कोले ठाडो घाँटी लगाएर हुँ हुँ गर्नैपर्छ । नेकपा एमालेभित्र पनि यो त होइन कि भन्यो ठाडो घाँटी लगाएर कराइहाल्नेहरुको जमात निस्कियो। उनीहरुले के ठाने भने यतिबेलै हो मौका, केपी ओली लाटो भएर मौका दियो, आफू अल्पमतमा छ, बहुमत दिएको बेलामा एमालेलाई कब्जा गर्न थाले’, उनले भने ।

आफ्नो नेतृत्वमा ०७४ मा वामपन्थी एकता गरेको भएपनि विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन लागेकाले कारण एकता टिक्न नसकेको उनले बताए । ‘मेरो अगुवाइमा मैले पार्टी एकीकरण गरेर नेपालको वामपन्थी आन्दोलनलाई बलिाये बनाउने अभियान थालेको छु । सोही अन्तर्गत नेकपा एमाले र माओवादी केन्द्र मिलेर संयुक्त घोषणापत्र जारी गरेर अघिल्लो चुनावमा गयौं । त्यो घोषणापत्र चुनावपछि सोृही नीति अनुसारको बनाएर कार्यक्रम लागु गर्छौं भनेर तालमेल गर्यौं। दुईटा पार्टी मिलाउँदा राम्रै परिणाम पनि आयो । तर स्वदेश र स्वेदशीका लागि भन्दा पनि विदेशीका लागि अनुकुल, कम्फर्टेबल वाला’, उनले भने ।

 

प्रतिक्रिया सबै