६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

अशोक राईलाई भोट माग्दै ओलीले भने- उहाँ त मेरो उपाध्यक्ष हो

 शुक्रबार, कार्तिक २५ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईको पक्षमा भोट मागेका छन् ।

धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको उपाध्यक्ष भएको वेलाको स्मरण पनि गरे । एमालेका पूर्व नेतासमेत रहेका वरिष्ठ नेता राईलाई व्यंग्यात्यमक शैलीमा आफ्नो पार्टीको उपाध्यक्ष भएको स्मरण गरेका हुन् ।

‘२०४७ साल बैशाख १८ गते धरानमा सम्बोधन गर्दा अशोक राई पनि हुनुहुन्थ्यो यहाँ मसँग’ ओलीले राईतर्फ फर्केर भने- ‘उहाँ त मेरो उपाध्यक्ष नै हो । भीम आचार्यजीसहित अरु साथीहरु हुुनुहुन्थ्यो । त्यसवेला हामी २०४७ सालमा ल्याएको परिवर्तनको खुशीयाली मनाइरहेका थियोँ ।’

त्यस वेला वामपन्थी आन्दोलन कमजोर अवस्थामा रहेको स्मरण गर्दै ओलीले एमालेलाई सिध्याउन खोज्नेहरु धेरै भए पनि जनताको मायाबाट मौलाएको जिकिर गरे ।

जसपासँग एमालेले गठबन्धन गरेपछि नेता राईलाई अहिले एमालेले समर्थन गरेको हो । पहिचानसहितको प्रदेशको पक्षमा वकालत गर्दै २०६९ मा उपाध्यक्ष राई, राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, रकम चेम्जोङसहितका नेताहरुले एमाले परित्याग गरेका थिए । नेता राईले अहिले आफ्नो जित निश्चित भएको प्रतिक्रिया दिएका छन् । उनले यो पटक यस क्षेत्रका जनताले अफुलाई मत दिएर जिताउनेमा ढुक्क छन् ।

प्रतिक्रिया सबै