१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

पल शाहलाई सफाइ दिन माग गर्दै उच्चमा पुनरावेदन

 शुक्रबार, कार्तिक २५ २०७९  

काठमाडौं । बाल यौन दुरुपयोगको आरोपमा जिल्ला अदालत नवलपुरले दोषी ठहर गरेका कलाकार पल शाहलाई सफाइको माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको छ ।

अधिवक्ता कमला मोहन वाग्लेका अनुसार शुक्रबार शाहका कानुन व्यवसायीले जिल्ला अदालतको फैसला उल्ट्याई सफाइ दिन माग गर्दै उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

एक नाबालिग बालत्कारको अभियोगमा सफाइ दिए पनि अदालतले बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

‘नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोग गर्यो भन्ने फैसला गर्यो । यो फैसला कानुनसम्मत नभएको हुनाले फैसला उल्टी गरी सफाइ पाउँ भनी हामी उच्च अदालतमा पुनरावेदन गर्न गएका हौं’, वाग्लेले भने ।

पल शाहलाई जबरजस्ती करणीको कसुरमा अभियोग लगाइएको थियो । अदालतले जबरजस्ती करणी गरेको ठहर नभएको भन्दै उक्त अभियोगमा सफाइ दिएको थियो ।

तर बालबालिकालाई यौन आसयले क्रियाकलाप गरेको भन्दै बाल यौन दुपयोगमा सजाय गरेको थियो । शाहविरुद्ध बलात्कारकै आरोपमा जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता छ। जिल्ला अदालतमा मंसिर २५ गतेलाई पेशी तोकिएको छ। पल तनहुँको कारागारमा छन्।

प्रतिक्रिया सबै