६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

ओलीको आरोप : प्रचण्डले सबैलाई मन्त्री बनाउँछु भन्दै झूट बोले

 आइतवार, कार्तिक २७ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झूटको प्रचार गर्दै हिँडेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले कालीकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देशभर भाषणको क्रममा सबैलाई मन्त्री बनाउँछु भन्दै झूट बोलेको बताए ।

‘प्रचण्डजीको बानी कस्तो छ भने यो बाटो र विद्युत पनि मैले बनाए । यो पनि मैले गरेँ । त्यो पनि मैले गरेँ । बर्खामा अस्ति पानी परेको पनि मैले पारिदिएको हो’,
प्रचण्डलाई व्यंग्य गर्दै भने- ‘यस्तै गफ दिन्छन् । उनले जे पनि मैले गरेँ । यस्ता कुराको पछि नलाग्नुहोस् ।’

अघिल्लो पटक माओवादीलाई आफूले भोट हालेर जितेकाले अब जितेर देखाउन पनि उनले चुनौती दिए । सिंगो देशलाई विकासको बाटोमा अगाडि बढाउने शक्ति एमालेबाहेक अरु हुन नसक्ने ओलीको जिकिर थियो ।

प्रतिक्रिया सबै