१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, एक जना घाईते

 आइतवार, कार्तिक २७ २०७९  

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो झडप हुँदा गठबन्धनका जयभान सिंह धामी घाइते भएका छन् ।

नौगाड गाउँपालिकामा धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएको बताइएको छ । सामूहिक आक्रमणमा परेका धामीको अझै होस नआएको दार्चुला प्रहरीले जनाएको छ । जिल्लामा उपचार हुन नसकेपछि धामीलाई धनगढी रिफर गरिएको प्रहरीको भनाई छ ।

आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् । एमालेका कार्यकर्ताले धामीमाथि सामूहिक आक्रमण गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले बताएका छन् । धामीको टाउकोमा रडले प्रहार गरिएको हुँदा अझै होस नआएको भट्टको भनाई छ ।

प्रतिक्रिया सबै