३ असार २०८१, आईतवार Sunday 16 June, 2024

गोरखामा स्थानीयद्वारा एमाले नेतामाथि आक्रमण

 सोमवार, कार्तिक २८ २०७९  

काठमाडौं । गोरखामा एक जना एमालेका नेतामाथि आक्रमण भएको छ । आइतबार राति ११ बजे पालुङटार नगरपालिका(७ स्थित एक रिसोर्टमा खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको हो ।

डिएसपी लिलाराज लामिछानेका अनुसार खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका युवाको समूहले आक्रमण गरेको हो । काफ्लेको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

काफ्लेसँगै रहेका एमालेकै खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङ पनि सामान्य घाइते भएका छन् ।

आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनीहरू दुवै जना एमालेकै युवा संघ कार्यकर्ता हुन् ।

प्रतिक्रिया सबै