१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

दार्चुलामा गठबन्धनका कार्यकर्ता एमालेद्वारा कुटिएपछि कारबाहीको माग गर्दै सडक अवरुद्ध

 सोमवार, कार्तिक २८ २०७९  

काठमाडौं । दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन् । गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका हुन् ।

नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ताबीच आइतबार झडप भएको थियो ।

प्रहरीका अनुसार गठबन्धनका कार्यकर्ताले झडपमा संग्लन एमाले कार्यकर्तालाई पक्राउ गरे मात्रै सडक खुलाउने बताउँदै आएका छन् । नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाका अनुसार कार्यकर्तालाई गठबन्धनले धुलीगडा खेडा क्षेत्रमा राखेर सडक बन्द गरेको छ ।

माओवादी दार्चुलाका नेता खडकसिंह धामीले घरमै बसिरहेका सर्वसाधारण नागरिकलाई समेत एमाले कार्यकर्ताले घरमै गएर कुटेको र आफूहरुले त्यसको विरोध गरेको बताएका छन् ।

चुनावीसभामा जाने क्रममा वडा नम्बर ६ बाट जाने गाडी तथा सर्वसाधारण रोकेपछि झडपको अवस्था आएको नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिह ठगुन्नाको भनाई छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने सुरक्षाबैठक राखेर सडक खुलाउने प्रयास भए पनि गठबन्धनले नमानेका कारण नसकिएको बताएका छन् ।

प्रतिक्रिया सबै