२६ असार २०८१, मंगलवार Tuesday 9 July, 2024

लन्डनमा राजेश पायलको क्रेज, दर्शक ओइरिएपछि आयोजकलाई हम्मेहम्मे (तस्विर)

 सोमवार, कार्तिक २८ २०७९  

लन्डन । लोकप्रिय गायक राजेशपायल राई नेपाली सेलिब्रिटीहरुमध्ये सबै भन्दा बढी विदेश भ्रमण गर्ने कलाकारमा पर्छन् । पछिल्लो समय उनी टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा व्यस्त छन् । तर उनको साँगीतिक कन्सर्ट भने प्राय विदेशतिर नै भइरहेको छ । कन्सर्टको शिलशिलाले गर्दा उनको आधा समय करिव आकाशमै बित्ने पनि गरेको उनी बताउँछन् । गायक पायल चर्चित व्यक्ति मात्रै होईनन्, नेपाली म्युजिक इन्डस्ट्रीमा सर्बाधिक पैसा कमाउने गायक मध्येमा पर्ने गरेको चर्चा अहिले पनि हुन्छ ।

‘राई इज किङ’ ‘मेघास्टार’ उपनाम पाईसकेका गायक राईको शनिबार लन्डनमा कन्सर्ट भब्य र ऐतिहासिक सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय गायकको उपाधीले सम्मानित पनि भइसकेको गायक राईको उक्त कन्सर्टक हेर्ने दर्शकको उपस्थितीले आयोजकलाई व्यवस्थापन गर्न हम्मे-हम्मे परेको थियो । शनिबार साँझ अल्डरसटस्थित एम्पायर हलमा किरात राई यायोक्खा बेलायतद्वारा आयोजित उनको कन्सर्ट हेर्न दर्शक ओइरिएका थिए । कार्यक्रमको मुख्य आकर्षणको केन्द्र ‘राई इज किङ’नै थिए ।

आयोजकका अनुसार टिकट काट्नेको भीड थामिसक्नु थिएन । एकसाथ हजारौँ दर्शकको उपस्थितिले आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । बेलायतका विभिन्न शहरबाट ओइरिएका दर्शक ‘राई इज किङ’को प्रतिक्षामा थिए । निर्धारित समयमै कार्यक्रमस्थलमा आइपुगेका उनी कार्यक्रम स्थलको प्रवेशद्धारबाट हात हल्लाउँदै आयोजकसहित मञ्चमा पुगेका थिए । दर्शकहरुले उनलाई तालीको गडगडाहटले न्यानो स्वागत गरेका थिए ।

मेघास्टार गायक राईले करिब अढाइ घण्टा लाइभ ब्याण्डका साथ ननस्टप गाएर दर्शक नचाए । आफ्ना लोकप्रिय गीत दर्शन नमस्ते, ‘दिक्तेल बजार, मैले मायाले दिएको चिजो, म त मर्छु कि क्या हो लगायत दर्जनौं गीत गाएर दर्शक उचाले ।

गायक राईलाई बेलायतका वाद्यवादकहरु लिड गिटारमा सुरज गुरूङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तवलामा महेश गुरूङ, बाँसुरीमा इन्द्र गुरूङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरूङ र रिदममा विकल थापाले सघाएका थिए । गायक राईले प्रवासमा रहेपनि आफ्नो नेपाली कला, संस्कृति, गीत संगीत नभुल्न सुझाव समेत दिए । आफ्ना पिता रत्न राई र आमा साक्षी राखेर गीत गाइरहंदा उनले नेपाली समुदाय विभाजित नहुन पनि आग्रह गरे ।

यस्तै, किराया बेलायत अध्यक्ष चन्द्रबहादुर राईले कन्सर्टमा झण्डै हजार दर्शक सहभागी भएको बताए । उनले दर्शकको यस्तो उपस्थितीले बेलायतभर छरिएर रहेका हरेक जातका नेपालीलाई एकै थलोमा एकत्रित गरेको बताए । ‘यो सामाजिक सद्भावको एउटा उत्कृष्ट नमुना पनि हो’, उनले भने । महासचिव चन्द्रवती राई एवं उपमहासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा अध्यक्ष राईले गायक र संगीतकर्मीहरुलाई सम्मान गरेका थिए । कार्यक्रम संयोजन संस्थाका उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राईले गरेका थिए ।

कार्यक्रमको प्रमुख प्रायोजकमा अनुग्रह ज्वेलरी (अल्डरसट, प्लमस्टेड) र लेमन लिफ रेष्टुरेन्ट एण्ड बार फोकस्टन थिए भने विशेष प्रायोजकहरुमा एनआरएनए यूके, गोर्खा हिल फोकस्टन, गोर्खा मोर्गेजेज र रेड प्यारोट अकाउन्टिङले गरेको थियो ।

त्यस्तै, कार्यक्रमलाई कोभ एभरेष्ट क्यास एण्ड क्यारी फार्नबोरो, गोर्खा सेक्युरिटी सर्भिसेस्, एभरेष्ट कन्भिनेन्स स्टोर क्याम्बर्ली, पिपल मोर्गेजेज, हिमालयन रेष्टुरेन्ट क्याम्बर्ली, मुस्ताङ मोटर्स फोकस्टन, ग्लोवल मार्ट आसफोर्ड, पिसन किचन रेडिङ, दरबार ककटेल बार एण्ड लाउन्ज आसफोर्ड, गोर्खा भान्सा घर आसफोर्ड, इण्डिया हाउस रेष्टुरेन्ट आसफोर्ड, ए स्टार फाइनान्सियल सोलुसन्स यूके, पुष्पा डि हेयर, ब्युटी एण्ड नेल स्यान्डस्र्ट, लिटल एसिया फार्नबोरो, ओजोन एएम रेष्टुरेन्ट अल्डरसट, वी रिपेयर कार सर्भिस फार्नबोरो, गोर्खा सुपरस्टोर आसफोर्ड, राजशान्ति फाउण्डेशन, युरोपा फुड फार्नबोरो, आसिर ज्वेलरी, एभरेष्ट इन हाइथ, मेची रिसोर्ट प्रा. लि. पोखरा, न्यू लक्ष्मी बुटिक एण्ड कलेक्सन अल्डरसट, मालिङ्गो रेष्टुरेन्ट अल्डरसट, अटेन्टिभ ड्राइभिङ स्कुल अल्डरसट, न्यू लक्ष्मी ज्वेलर्स अल्डरसट, बिजी बी इन्टरटेन्मेन्ट यूके, पोखरा ट्राभल फोकस्टन, एभरेष्ट क्यास एण्ड क्यारी फोकस्टन, ओरियन्टल बफेट फोकस्टन, एभरेष्ट क्याफे फोकस्टन, हिमालयन क्याफे फोकस्टन, एलिगेन्स हेयर एण्ड ब्युटी फोकस्टन र शिवनोभा इक्वेटर फेस्टिभल केन्टले प्रायोजन गरेका थिए ।

कार्यक्रममा बेलायतमा रहेका विभिन्न संघ संस्था तथा नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ बेलायतका ऊपाध्यक्ष शिब भन्डारीका अनुसार कार्यक्रममा सहभागी दर्शकले बेलायतमा अहिले सम्मकै धेरै मनोरञ्जन दिएको ऐतिहासिक र भब्य रहेको बताए ।

प्रतिक्रिया सबै