१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

भक्तपुरमा आगलागीमा परेर १ जनाको मृत्यु

 बुधबार, कार्तिक ३० २०७९  

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै आज (बुधबार) बिहान आगलागी हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २५ वर्षकी अस्मिता केसी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् । सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको छ ।

आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षकी नित्मा केसीलाई भने सकुशल उद्धार गरी अस्पताल लगिएको र उनी अहिले डिस्चार्जसमेत भइसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया सबै