१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिक बम विस्फोट, एकजना पक्राउ

 बुधबार, कार्तिक ३० २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ ।

भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो ।

बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयका एसपी नवीनराज राईको भनाई छ ।

बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया सबै