पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपालले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो ।
अञ्जन विष्टले नेपालका लागि ८३ औं मिनेटमा गोल गरेका हुन् । यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने मौका पाए पनि गोल गर्न सकेको थिए ।
खेलमा पहिलो हाफमा दुवै टोलीले राम्रो मुभ भने बनाउन सकेनन् । दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो ।
पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो । यस खेलमा नेपालको कप्तानी रोहित चन्दले गरेका छन् । यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।
त्यस्तै, फुटबलर आवास लामिछानेले यो खेलबाटै राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । दशरथ रंगशालामा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको ५७ मिनेटमा सेसेहाङ आङदम्बेको स्थानमा मैदान प्रवेश गर्दै उनले नेपालका लागि डेब्यु गरेका हुन् ।