१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

ऋषि धमलाको चुनावी कार्यक्रममा कुटाकुट

 बिहिबार, मंसिर १ २०७९  

काठमाडौं । पत्रकार ऋषि धमलाले चलाएको चुनावी टेलिभिजन कार्यक्रममा सहभागी युवाबीच हात हालाहाल भएको छ ।

डडेल्धुरा सदरमुकाममा बिहीबार भएको चुनावी टेलिभिजन कार्यक्रम खिच्ने क्रममा युवाहरुबीच माइक खोसाखोस र हात हालाहाल भएको हो ।

उक्त कार्यक्रममा स्वतन्त्र उम्मेदवार सागर ढकालसहित दलका ठूला उम्मेदवार पनि सहभागी भएका थिए । त्यसक्रममा उम्मेदवारलाई प्रश्न सोधिरहँदा सबैको पालो नआएको भन्दै युवाहरुले होहल्ला गरेका थिए । होहल्ला बढ्दै गएपछि केही युवाले माइक फालिदिएपछि विवाद बढ्दै जाँदा धकेलाधकेलको अवस्था हात हालाहालसम्म पुगेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।

दर्शकदीर्घामा जम्मा भएका एक युवकले सागर ढकाललाई प्रश्न गर्ने क्रममा अर्का युवकले धकेलिदिएपछि कुटाकुटको अवस्था आएको हो । उक्त तनावपूर्ण अवस्थालाई रोक्न ऋषि धमलाले पटक पटक आग्रह गरेका थिए । उम्मेदवारहरुले पनि शान्त भएर प्रश्न गर्न आग्रह गरे तर युवाहरु एकआपसमा भिडिरहे ।

प्रतिक्रिया सबै