६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

नेपाल र यूएईबीचको खेलमा ‘लाइभ बेटिङ’ गर्ने ४० जनाभन्दा बढी पक्राउ

 शुक्रबार, मंसिर २ २०७९  

काठमाडौं । नेपाल र यूएईको एकदिवसीय खेलमा ‘लाइभ बेटिङ’ गर्ने ४० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई पक्राउ गरेको हो ।

सीआईबी प्रमुख एआईजी उत्तम सुवेदीका अनुसार उनीहरूसँग रहेको मोबाइल पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको छ ।

प्रहरीले गत शुक्रबार शृखंलाको पहिलो खेलमा नै शंकास्पद गतिविधिमा रहेका केही दर्शकलाई निगरानीमा राखेको जनाएको छ । त्यही आधारमा अनुसन्धान अघि बढाउँदा आज केही व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

नेपाल र यूएईबीच शुक्रबारदेखि एकदिवसीय खेलको शृंखला सुरु भएको हो । १-१ को बराबरीमा रहेको शृखंला शुक्रबारको खेल जित्नेले जित्नेछ ।

प्रतिक्रिया सबै