९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

राष्ट्रिय दल बन्न कति सिट जित्नुपर्छ ? के-के हुनुपर्छ ?

 शुक्रबार, मंसिर २ २०७९  

काठमाडौं । मंसिर ४ गते (आईतबार) प्रतिनिधि तथा प्रदेशसभा सदस्यको लागि निवार्चन हुँदैछ । आइतबार हुने मतदानका लागि अहिले स्थिर अवधि भइरहेको छ ।

निर्वाचन आयोगले स्थिर अवधिमा चुनावी प्रचारप्रसार गरे दल तथा उमेदवारलाई २५ हजार रुपैयाँ जरिबाना गराउने चेतावनी दिएको छ ।

यस्तै, निर्वाचनपछि राष्ट्रिय दल बन्ने योग्यता के-के हुन् त ? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याका अनुसार राष्ट्रिय दल बन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नपर्ने र समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलसम्बन्धी व्यवस्था रहेको छ । प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने सहायक प्रवक्ता अर्याल बताउँछन् ।

यदि, यो निर्वाचनमा समानुपातिकतर्फ १ करोड ५ लाखभन्दा भन्दा बढी मत खस्दा, त्यसमध्ये १ करोड मत सदर भयो भने तीन प्रतिशत मत कटाउन तीन लाखभन्दा बढी मत ल्याउनुपर्छ हुन्छ ।

कुनै दलले प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये एकभन्दा बढी सिटमा निर्वाचित भयो र समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याएन भने त्यो दलको संसद्मा प्रतिनिधित्व हुन्छ तर, त्यसले राष्ट्रिय दलको मान्यता पाउँदैन । यस्तै, समानुपातिकतर्फ एक सिट पनि प्राप्त नगर्ने दलको जमानत जफत हुनेछ ।

प्रतिक्रिया सबै