६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

सिराहामा मतपेटिका खोसाखोस, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

 आइतवार, मंसिर ४ २०७९  

काठमाडौं । सिराहामा मत पेटिका खोसाखोसको अवस्था भएको छ । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली समेत चलाएको छ ।

सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताए । मतपेटिका खोसाखोस भएपछि केहीबेर तनाव भएपनि केहीबेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ ।

प्रतिक्रिया सबै