२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

इरानमाथि इंग्ल्याण्डको शानदार जित

 सोमवार, मंसिर ५ २०७९  

काठमाडौं । कतारमा जारी विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ । सोमबार खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा बुकाया साकाको दुई गोल मद्दतमा इंग्ल्याण्डले पहिलो खेलमा शानदार जितसहित समूह बी मा ३ अंक जोडेको हो ।

साकाले इंग्ल्याण्डलाई जिताउन ६३औं र ६२औं मिनेटमा गोल गरे । भने जुड बेलिङघहमले ३५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा रहिम स्टरलिङले गोल गरे ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्ड र ज्याक ग्रेलिसले दोस्रो हाफमा फेरि गोल थपे । रासफोर्डले ७१औं र ग्रेलिसले ९०औं मिनेटमा गोल गरे ।

कप्तान ह्यारी केनले दुई गोलका लागि सहयोग गरे । इरानका लागि मेहदी तारेमीले दुई गोल गरे । तारेमीले ६५औं मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा दोस्रो गोल गरेका हुन् ।

खेलको १० मिनेटमै इरानका गोलकिपर एलिरेजा बेइरानभान्ड आफ्नै खेलाडीसँग ठोक्किएपछि घाइते हुँदै मैदान बाहिरिएका थिए ।

पहिलो खेलमै शानदार जितपछि इंग्ल्याण्डले कतार विश्वकपको लागि आफ्नो दाबेदारी समेत पेश गरेको छ । इंग्ल्याण्डले दोस्रो खेल अमेरिका र तेस्रो खेल वेल्ससँग खेल्दैछ ।

प्रतिक्रिया सबै