३ असार २०८१, आईतवार Sunday 16 June, 2024

प्रचण्ड गोरखा २ मा भारी मतले अगाडि

 सोमवार, मंसिर ५ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा मतगणानाको सुरुवाती चरणमै धेरै मतले अगाडि देखिएका छन् ।

५५० मत गणना गर्दा उनले झण्डै ४ सय मत पाएका छन् । प्रचण्ड ३९१ मतकासाथ अग्रस्थानमा रहँका छन् ।

प्राप्त मत परिणामअनुसार उनका निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कुलबहादुर बस्नेतले ६९ मत पाएका छन् ।

त्यस्तै, गोरखा–२ मा नेकपा एमाले तेस्रो दलका रुपमा देखिएको छ । एमाले उम्मेदवार अब्दुस मियाँले ३३ मत ल्याएका छन्।

 

प्रतिक्रिया सबै