६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

विश्वकप फुटबलमा मानेबिनाको सेनेगलमाथि नेदरल्याण्ड्सको कठिन जित

 सोमवार, मंसिर ५ २०७९  

काठमाडौं । नेदरल्याण्डस्ले कोडी गाक्पोको निर्णायक गोलमा कतार विश्वकपमा विजयी सुरुवात गरेको छ । दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति समुह ए को खेलमा सेनेगललाई २-० ले पराजित गरेको हो ।

खेलको ८४ औँ मिनेटमा गोक्पोले हेडर गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् । चोटका कारण मानेले विश्वकप गुमाएपछि सेनेगललाई फिनिसिङमा समस्या भएको हो ।

सेनेगलले लगातार नेदरल्याण्ड्सको पोष्टमा आक्रमण गरे पनि नेदरल्याण्ड्सका गोल रक्षक एन्डे«स नोपेटले उत्कृष्ठ बचाउ गरेका थिए । ८४ मिनेटसम्म बराबरीमा रोकेको सेनेगलले अन्तिम समयमा पछि परेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्याण्डस्ले दोस्रो हाफमा आक्रमण बढाएको दुई गोल गर्न सफल भएको हो । समूह एबाट इक्वेडर र नेदरल्याण्ड्सले समान ३ अंक जोडेका छन् । कतार र सेनेगल भने अंकबिहिन भएका छन् ।

सोमबार नै भएको समुह बी को पहिलो खेलमा इङल्याण्डले इरानलाई ६-२ को फराकिलो अन्तरले हराएको थियो । यसअघि समुह ए को पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई ३-० पराजित गरेको थियो ।

पराजित सेनेगलले शुक्रवार आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार मध्यराति नै समुह बी को अमेरिकाले वेल्ससँग खेल्दैछ । खेल राति पौने १ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया सबै