२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

विश्वकप फुटबलमा आज चार खेल

 मङ्लबार, मंसिर ६ २०७९  

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेयिबासँग भिड्न लागेको हो । अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

आज नै हुने समूह समूह ‘डी’ को खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै आज नै तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

आज हुने अन्तिम खेलमा साबिक विजेता फ्रान्सले अस्ट्रेलियाको सामना गर्नेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया सबै