३ असार २०८१, आईतवार Sunday 16 June, 2024

गगन थापाको ह्याट्रिक जित

 मङ्लबार, मंसिर ६ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित गरेका हुन् ।

भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन् । थापाले २१ हजार ३०२ मत पाए भने एमालेका उम्‍मेदवार भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यसबेला वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर, ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका हुन् ।

०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए । ३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले उनी कांग्रेस महामन्त्री छन् ।

 

प्रतिक्रिया सबै