२६ असार २०८१, मंगलवार Tuesday 9 July, 2024

रुकुम पूर्व प्रदेशसभामा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी

 मङ्लबार, मंसिर ६ २०७९  

काठमाडौं । रुकुम पूर्व प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन निर्वाचित भएका छन् ।

मंगलबार राति सम्पन्न मतगणना अनुसार ५ सय ३३ मतान्तरले माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पछि पार्दै उनी निर्वाचित भएका हुन् ।

विजय पुनले जम्मा ४ हजार ४ सय ६५ मत प्राप्त गरका छन् भने उनका निकटतम प्रतिस्पर्धी तेजबहादुर ओलीले ३ हजार ९ सय ३२ मत ल्याए ।

ओली यसअघि पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए भने माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत हुन् । उनी सत्ता गठबन्धनको समर्थनमा पुनः उम्मेदवार बनेका थिए

त्यस्तै, माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य रहेका सुरुल पुनले भने आफ्नै पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका थिए । उनलाई माओवादी केन्द्रले यसअघि नै कारबाही गरिसकेको थियो ।

प्रतिक्रिया सबै