३ असार २०८१, आईतवार Sunday 16 June, 2024

विश्वकप फुटबल : जापान समर्थकको चर्चा !

 बिहिबार, मंसिर ८ २०७९  

काठमाडौं । कतारमा जारी विश्वकपमा बुधबार जापानले जर्मनीलाई २-१ गोलले पराजित गर्दै शानदार विजयी गर्यो । जर्मनलाई स्तब्ध बनाउँदै जापान विश्वभर चर्चा कमायो ।

यस्तै यतिबेला चर्चा सो खेलभन्दा पनि जापानका समर्थकहरूको धेरै भइरहेको छ । प्रायः खेलपछि फुटबल स्टेडियमहरू खाना, खाली कपलगायत फोहोरले भरिएका हुन् । तर, जापानका समर्थकहरूको भएका स्टेडियममा भने त्यस्तो हुँदैन ।

आफ्नो टोलीको अभूतपूर्व जीत हासिल गरेको खुसीयालीलाई थाँती राख्दै उनीहरूले कतारको खलिफा अन्तर्राष्ट्रिय स्टेडियम सफा गर्न गरेका हुन् ।

चार वर्षअघि रुसमा आयोजित विश्वकपमा बेल्जियमविरुद्ध ३-२ को हार बेहोरेपछि पनि जापानका समर्थकहरूले स्टेडियम यसरी नै सफा गरेका थिए ।

आफ्नो टोली संलग्न नभएको आइतबारको कतार र इक्वेडरविरुद्धको खेलपछि पनि जापानका समर्थकहरूले स्टेडियम सफा गरेका थिए । अहिले जापान समर्थहरुको विश्वभर चर्चा भइरहेको छ ।

प्रतिक्रिया सबै