देउवाको गृहजिल्लामा स्वतन्त्र उम्मेदवार विजयी
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेस पराजित भएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र १ (२) बाट स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । उनले कांग्रेसकै उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।
स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी ११ हजार १७० मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका गोविन्दराज बोहरालाई ४८० मतान्तरले पराजित गरेका हुन् ।
बोहोराले १० हजार ९७० मत पाए । बोहोरा सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकासमन्त्री समेत हुन् ।
नेकपा एमालेका उम्मेदवार गजेन्द्र बहादुर शाहीले भने १ हजार ५३५ मत प्राप्त गरे । २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए । त्यो बेला डा.जोशी ३५८ मतान्तरले पराजित भएका थिए ।
निर्वाचन क्षेत्र नम्बर १ (१) बाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट निर्वाचित भए । उनले नेकपा एमालेका उम्मेदवार पठानसिंह बोहोरालाई पराजित गर्दै निर्वाचित भएका हुन् । भट्ट १२ हजार ११२ मतसहित निर्वाचित भएका थिए । भने बोहोराले ९ हजार १९५ मत पाएका थिए ।