२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

रौतहटबाट माधवकुमार नेपाल विजयी

 बिहिबार, मंसिर ८ २०७९  

काठमाडौं । रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपाल विजयी भएका छन् ।

नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका हुन् ।

नेपालले ३३ हजार ५२२ मत ल्याएका छन् भने एमालेका गुप्ताले २६ हजार ९२२ मत पाएका छन् ।

त्यस्तै? जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १ हजार ४११, स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्रले ४५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका सरोजकुमारीले ३५३ मत पाएकी छन् ।

नेपाल ०७४ मा काठमाडौं २ बाट निर्वाचित भएका थिए । तर एमाले विभाजित भएपछि एकीकृत समाजवादीको अध्यक्ष बनेका नेपाल यसपटक कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार थिए ।

प्रतिक्रिया सबै