बालकोटमा ओलीसँग प्रकाशमानको भेटवार्ता
आइतवार, मंसिर ११ २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरुका बीचमा आइतबार भक्तपुरको बालकोटस्थित आली निवासमा भेटवार्ता भएको हो । भेटपछि चाक्सीबारीले दुवै नेताको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।
नेता सिंहका सहयोगी युपी लामिछानेले एमाले अध्यक्ष ओलीसँगको भेटमा बधाई साटासाट भएको बताएका छन् ।
‘बालकोटमा भेटघाट भएको हो । बधाई साटासाट गर्नुभयो,’ उनले भनेका छन्- ‘नेताहरुका बीचमा भेट हुँदा राजनीतिक कुराकानी त भइहाल्छ ।’
प्रतिक्रिया
सबै