२१ माघ २०७९, शनिबार Saturday 4 February, 2023

सविना योङहाङका लागि हर्क साम्पाङले मागे भोट

 बिहिबार, मंसिर १५ २०७९  

काठमाडौं । यतिबेला टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा लाइभ शो राउण्ड भइरहेको छ । प्रतिस्पर्धीले दर्शकलाई भोट मागिरहेका छन् ।

भ्वाइसको क्रेज आम दर्शकदेखि नेता तथा सेलिब्रिटीसम्म देखिएको छ । धरानका मेयर हर्क साम्पाङलाई सुरुदेखि नै भ्वाइस अफ नेपालप्रति लगाव देखिएको छ ।

उनले भ्वाइस सुरु हुनेबेला पनि फेसबुकमार्फत यसपटकको विजेता महिलालाई गराउनुपर्ने बताएका थिए । यसपटक पनि उनले प्रतिस्पर्धी सविना योङहाङका लागि भोट मागेका छन् ।

बुधबार बिहान फेसबुकमार्फत सविनाको तस्वीर सेयर गर्दै मेयर साम्पाङले उनीप्रति समर्थन जनाएका हुन् । उक्त पोस्टमा धेरैले सविनालाई जितको अग्रिम शुभकामना दिएका छन् ।

सविना टिम राजेशको समूहबाट प्रतिस्पर्धा गरिरहेकी छन् । लाइभ शोमा दर्शकले मतदान गर्न पाउने भएपछि सामाजिक सञ्जालमा आफूलाई मनपर्ने ट्यालेन्टको पक्षमा जिताऊ अभियान पनि सुरु भएका छन् । द भ्वाइस अफ नेपाल शुक्रबार र शनिबार हिमालय टीभीबाट राति ८ बजे प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया सबै