९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

हर्क साम्पाङलाई बालेनले भने : तपाईंजस्तो इमानदार नेता १०० वर्ष जन्मिँदैन !

 बिहिबार, मंसिर १५ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले हर्क साम्पाङलाई प्रशंसा गरेका छन् । बालेनले उनको भिडिओ अन्तरवार्ता सेयर गर्दै प्रशंसा गरेका हुन् ।

बालेनले फेसबुकमा भुषण दाहालले साम्पाङसँग लिएको अन्तरवार्ता सेयर गरेका छन् । उक्त भिडियोमा हर्कले सुकुम्बासीका विषय उठान गरेका छन् ।

भिडिओमा उनले धरानमा सुकुम्बासीभित्रको अवस्थाबारे बोलेका छन् । काठमाडौंस्थित थापाथलीमा आइतबार सुकुम्बासीमा डोजर लगाउन खोज्दा स्थानीयबासी प्रतिकारमा उत्रिँदा नगर प्रहरीहरु घाइते भएका थिए ।

यसै विषयमा हर्कले भिडिओमा सुकुम्बासी बन्ने बनाउने खेलमा राजनीतिक स्वार्थ रहेको बताएका छन् ।

यसको समस्याको लागि आफू एक्लैले नसक्ने भन्दै सबै नेताहरुलाई इमानदार बन्न उनले अपील समेत गरेका छन् ।

बालेनले यही प्रसंग उठाउँदै भिडिओ शेयर गर्दै लेखेका छन्, ‘हर्कजी तपाईंजस्तो इमानदार नेता यो देशमा अझै १०० वर्ष जन्मिँदैन ’

प्रतिक्रिया सबै