३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

खसेकोभन्दा बढी मतपत्र भेटिएपछि…

 शुक्रबार, मंसिर १६ २०७९  

काठमाडौं । बाजुरामा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । प्रतिनिधिसभातर्फको गणनाका क्रममा खसेको मतभन्दा ३० मत बढी मतपत्र भेटिएपछि त्यसबारे दलहरूसँग छलफल गर्नका लागि मतगणना रोकिएको हो ।

‘मुचुल्कामा उल्लेख गरिएकोभन्दा ३० मत बढी फेला परेपछि त्यसबारे राजनीतिक दलहरुसँग छलफल गर्नका लागि अहिले केहीबेरलाई मतगणना रोकिएको हो’
मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले भन ।

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख गरिएको भन्दा ३० बढी मत फेला परेको हो । अहिले राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल जारी छ ।

प्रतिक्रिया सबै