९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

विश्वकप फुटबलमा आजदेखि अन्तिम १६ को खेल

 शनिबार, मंसिर १७ २०७९  

काठमाडौं । कजारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु हुँदैछ । समूह चरणको खेल सकिएको भोलिपल्ट नै नकआउट चरणका खेलहरु सुरु हुन लागेको हो ।

नकआउट चरणका खेल अन्र्तगत आज अन्तिम १६ को दुई खेल हुनेछन् । जहाँ समूह ए को विजेता नेदरल्याण्ड्स र समूह बी को उपविजेता अमेरिकाबीच पहिलो खेल हुनेछ । यो खेल खालिफा इन्टरनेशनल स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।

समूह ए मा अपराजित रहेको नेदरल्याण्ड ७ अंक जोडेर समूह विजेता बनेको हो । समूह चरणमा नेदरल्याण्ड्सले सेनेगललाई २-० ले पराजित गर्दै विश्वकप सुरु गरेको थियो । दोस्रो खेलमा इक्वेडरसाग १-१ को बराबरी खेलेको नेदरल्याण्ड्सले तेस्रो खेलमा आयोजक कतारलाई २-० ले पराजित गरेको हो ।

यस्तै, अमेरिका समूह बी को उपविजेता बन्ने क्रममा अपराजित रह्यो । पहिलो खेलमा अमेरिकासँग १-१ को बराबरीमा रोकिएको अमेरिकाले दोस्रो खेलमा इंग्ल्याण्डलाई गोलरहित बराबरी रोकेको थियो । निर्णायक तथा अन्तिम खेलमा इरानलाई १(० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६मा स्थान बनाएको हो ।

यस्तै, समूह सी को विजेता अर्जेन्टिना र समूह डी को उपविजेता अष्ट्रेलियाबीच दोस्रो खेल हुनेछ । यो खेल अहमद बिन अली स्टेडियममा हुनेछ ।

पहिलो खेलमै साउदी अरेबियासँग अग्रता लिएर पनि २-१ ले स्तब्ध बनेको अर्जेन्टिनाले त्यसपछि मेक्सिको र पोल्याण्डलाई समान २-० को नतिजामा हराउदै ६ अंक जोडेर समूह विजेता बनेको हो ।

अष्ट्रेलिया पनि समूह डी मा पहिलो खेलमै साविक विजेता फ्रान्ससँग अग्रता लिएर पनि ४-१ ले पराजित भएको थियो । ट्युनिसिया र डेनमार्कलाई समान १-० को नतिजामा पराजित गर्दै अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो । फ्रान्स समान ६ अंक जोडे पनि गोल अन्तरमा अष्ट्रेलिया पछि रहेको हो । नेदरल्याण्ड र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलियाबीच हुने खेलको विजेता पहिलो क्वाटरफाइनलमा खेल्दैछन् ।

प्रतिक्रिया सबै