दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी

काठमाडौं । दोलखामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई ३१७ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
तर, समानुपातिकको मतपेटिकामा प्रत्यक्षतर्फको गणना पनि गर्ने सर्वदलीय बैठकमा सहमति भएकाले अंकमा तलमाथि हुन सक्नेछ ।
जम्मा खसेको ८५ हजार ६ सय मतमध्ये कार्कीले ३६ हजार ७९९ र शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरेका छन् ।
दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।
जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए । १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।