विश्वकपकै इतिहासमा निर्माण भएको पहिलो अस्थायी रंगशाला ‘स्टेडियम ९७४’
मङ्लबार, मंसिर २० २०७९

काठमाडौं । कतारमा जारी २०२२ को फिफा विश्वकपमा ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको एक स्टेडियम विश्वकपकै इतिहासमा निर्माण भएको पहिलो अस्थायी रंगशाला हो ।
कतार विश्वकपका लागि बनाइएका सात रंगशालाहरुमध्ये सो रंगशाला भने प्रतियोगितापछि रहनेछैन । रंगशाला ‘स्टेडियम ९७४’ ब्राजिल र दक्षिण कोरियाबीच भएको अन्तिम १६ को खेलपछि भत्काइने भएको हो ।
कतारको अन्तर्राष्ट्रिय डाइलिङ कोड पनि ९७४ रहेको कारण यस रंगशालाको नाम ‘स्टेडियम ९७४’ राखिएको बताइएको छ ।
दोहामा बनाइएको यस रंगशालाको क्षमता ४० हजार बढी मानिस अटाउने रहेको थियो । यसमा एयर कन्डिसनिङ नभएका कारण सबै खेलहरू साँझ मात्र खेलाइएको थियो । धेरैले यस रंगशालाको डिजाइनको प्रशंसा गरेका छन् ।
प्रतिक्रिया
सबै